Government of Lumbini Province

Ministry of Health

Bardiya Ayurveda Health Center

Gulariya

Dr. Prativa Sharma

Ayurveda Chikitsak

Deepak Chaudhary

ल्याव टेक्निसियन

लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहतमा रहेको बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. 7 स्थित हुलाकी सडकबाट करिब 200 मिटर दक्षिणतर्फ रहेको यस बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र विक्रम सम्वत 2056 मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको नामबाट स्थापित भएको हो । यस स्वास्थ्य केन्द्रले सिमित श्रोत साधनको अधिकतम प्रयोग गर्दै गुणस्तरीय आयुर्वेद स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

      हाल यस स्वास्थ्य केन्द्रमा 1 जना आयुर्वेद चिकित्सक सहित जम्मा 7 जनाको दरबन्दी कायम रहेको छ । दरबन्दी संरचना अनुसार कर्मचारी पदपूर्ति नभएता पनी विभिन्न कार्यक्रम अन्तरगत करारमा कर्मचारी नियुक्ति गरी यस स्वास्थ्य केन्द्रले अधिकतम गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । यस स्वास्थ्य केन्द्रमा नि:शुल्क बहिरङ्ग सेवा, पंचकर्म/पुर्वकर्म सेवा, सशुल्क प्रयोगशाला सेवा, सशुल्क क्षारसुत्र द्वारा शल्य चिकित्सा सेवा, नियमित योग सेवा, उपचारात्मक योग सेवा, नि:शुल्क औषधी वितरण सेवा, जेष्ठनागरिका लागि स्वास्थ्य प्रवर्धन सेवा, मातृ शिशु सुरक्षार्थ स्तनपायी महिलाहरुका लागि दुग्ध वर्धक औषधी वितरण सेवा एवं आयुर्वेद योग तथा स्वास्थ्यकर जीवनशैली सम्वन्धी परामर्श सेवा प्रदान गर्दै आएको छ ।

      जिल्लाका आयुर्वेद संस्था नरहेका स्थानीय तहहरुमा सम्वन्धित स्थानीय तहहरुको समन्वयमा 4 वटा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरि नि:शुल्क बहिरङ्ग सेवा, पूर्वकर्म सेवा, तथा नागरिक आरोग्य अभियान  एवं परामर्श सेवा प्रदान गरिरहेको छ ।